• ट्रेण्डिङ्ग :
अनलाइनमार्फत यौन व्यवसाय गरेको आरोपमा थप २ जना पक्राउ

अनलाइनमार्फत यौन व्यवसाय गरेको आरोपमा थप २ जना पक्राउ


  • 4.6K
    SHARES
    • मंसिर १८, २०८० सोमबार
    • २ बर्षs अघि
    • 7.0K Views

    अनलाइनमार्फत यौन व्यवसाय गरेको आरोपमा थप २ जना पक्राउ

    काठमाडौं , १८ मंसिर / अनलाइनमार्फत यौन व्यवसाय गरेको आरोपमा प्रहरीले सोमबार थप दुई जनालाई पक्राउ गरेको छ ।

    images

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काभ्रेको भुम्लु घर भई काठमाडौंको लाजिम्पाट बस्ने २७ वर्षका सुरेशकुमार श्रेष्ठ र काठमाडौं कलंकीका सुरज खड्कालाई पक्राउ गरेको हो ।

    यसअघि आइतबार पनि प्रहरीले काठमाडौंको विभिन्न ठाउँबाट यही आरोपमा ५ जनालाई पक्राउ गरेको थियो ।

    उनीहरुले अनलाइनमार्फत युवतीहरुको तस्वीर पठाउने, मोलमोलाइ गर्ने गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । घटनाको विषयमा अनुसन्धान भइरहेको उनले

    बताए ।

     


    तेस्रो आँखा