• ट्रेण्डिङ्ग :
सर्वोच्च अदालतका लागि सिफारिश
३ न्यायाधीशहरु विरुद्ध परे १० उजुरी

३ न्यायाधीशहरु विरुद्ध परे १० उजुरी


  • 2.3K
    SHARES
    • मंसिर १८, २०८० सोमबार
    • २ बर्षs अघि
    • 3.6K Views

    ३  न्यायाधीशहरु विरुद्ध परे १० उजुरी

    काठमाडौं , १८ मंसिर / सर्वोच्च अदालतका लागि सिफारिश भएका न्यायाधीशहरुमध्ये ३ जनाविरुद्ध १० वटा उजुरी परेका छन्।

    images

    संसदीय सुनुवाइ समितिले दिएको समयावधिभित्र सिफारिश भएका ६ जनामध्ये ३ जनाविरुद्ध १० वटा उजुरी परेको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले थाहाखबरलाई जानकारी दिए।

    न्याय परिषद्ले शारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्चको न्यायाधीशका लागि सिफारिश गरेको थियो।

    उनीहरुमध्ये शारंगा सुवेदीविरुद्ध ६ वटा, टेकप्रसाद ढुंगानाविरुद्ध ३ र अब्दुल अजिजविरुद्ध एउटा उजुरी परेको प्रवक्ता गिरीले जानकारी दिए। यस्तै पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपालविरुद्ध एउटा उजुरी दर्ता भएको उनले बताए। न्याय परिषद्‌बाट सिफारिश भइ आएका ६ न्यायाधीश र पोर्चुगलका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गर्दै संसदीय सुनुवाइ समितिले १० दिनको समय दिएको थियो।

    उक्त समय आज (सोमवार) सकिएको छ। संसदीय सुनुवाइ समितिको अब बस्ने बैठकमा ती उजुरीमाथि छलफल हुनेछ र सिफारिश भएका व्यक्तिहरूको सुनुवाइ हुनेछ।

    प्रवक्ता गिरीका अनुसार समितिको बैठक बुधवार वा बिहीवार बस्नेछ। संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि न्यायाधीश र राजदूतलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

     


    तेस्रो आँखा