• ट्रेण्डिङ्ग :
नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाद्वारा रक्तदान 

नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाद्वारा रक्तदान 


  • 4.4K
    SHARES
    • मंसिर १९, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 6.8K Views

    नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाद्वारा रक्तदान 

    बिजौरी, १९ मंसिर । नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाले रक्तदान कार्यक्रम गरेको छ । रक्तसञ्चार केन्द्र तुलसीपुरले आयोजना गरेको कार्यक्रममा दर्जन बढीले रक्तदान गरेका छन् । 

    images

    रगतको अभाव कहि कतै नहोस् । रगतकै अभावका कारण कुनै पनि बिरामी उपचारबाट बञ्चित नहोस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम गरिएको थियो । रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका थिए ।

    उपशाखा सभापति बालकृष्ण रेग्मीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमका प्रमुख अतिथि रेडक्रस दाङका सदस्य वंशीकुमार शर्मा रहेका थिए । प्रमुख अतिथि शर्माले रक्तदान नै जीवन दान भएकाले सबैले रगत दान गर्नुपर्ने बताए । कार्यक्रमको सहजीकरण सचिव मुकेश वलीले गरेका थिए ।


    तेस्रो आँखा