• ट्रेण्डिङ्ग :
स्पोर्टिङ इलाम एफसी र पोखरा थण्डर्सबीच प्रतिस्पर्धा हुँदै

स्पोर्टिङ इलाम एफसी र पोखरा थण्डर्सबीच प्रतिस्पर्धा हुँदै


  • 2.7K
    SHARES
    • मंसिर २०, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.1K Views

    स्पोर्टिङ इलाम एफसी र पोखरा थण्डर्सबीच प्रतिस्पर्धा हुँदै

    काठमाडौं , २० मंसिर / नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज स्पोर्टिङ इलाम एफसी र पोखरा थण्डर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ ।

    images

    दुवैका लागि यो चौथो खेल हो । नयाँ टोली इलाम ३ खेलबाट ३ अंकसहित छैटौं स्थानमा छ । उसले एक खेल जित्दा दुई खेलमा हार बेहोरेको थियो ।

    आजको खेलमा विजयी भए इलाम शीर्ष चारमा उक्लनेछ । पहिलो खेलमै काठमाडौंसँग पराजित भएको इलामले त्यसपछि इस्टर्न डर्बीमा एफसी झापालाई हराएर पहिलो जित निकालेको थियो । तर पछिल्लो खेलमा भने इलाम बुटवल लुम्बिनीसँग पराजित भयो ।

    उता अपराजित पोखरा ३ खेलबाट ५ अंक सहित तेस्रो स्थानमा छ । आजको खेल जितेमा पोखरा धनगढीलाई पछि पार्दै शीर्ष स्थानमा पुग्नेछ । पहिलो खेलमा चितवनलाई पराजित गर्दै सुखद सुरुवात गरेको पोखरा त्यसपछि ललितपुर सिटी र झापा एफसीसँग बराबरीमा रोकिएको थियो ।

    पोखरा दिनेश राजवंशी र इलाम विकेश कुथुको कप्तानीमा मैदान उत्रनेछ । पोखराको मार्कीमा युवा विंगर आयुष घलान छन भने विकेश नै इलामका मार्की प्लेअर हुन् ।

    यससँग जोडिएका तथ्यांक यस प्रकार छन् ।

    १. यो खेल यसपल्टको प्रतियोगिताको १५ औं र समग्रमा ४० औं खेल हुनेछ ।

    २. इलामले यो प्रतियोगिता पहिलो पल्ट खेलिरहेको हुनाले पोखरासँगका भेट पहिलो हुनेछ ।

    ३. यस खेलसँगै प्रतियोगिताको चौथो चरण सुरु हुनेछ । सहभागी टिमको संख्या विजोड रहेको हुनाले ललितपुरले एक खेल बढी खेलेको छ ।

    ४. यस खेलमा विजयी रहेर दुवै टिमसामु अगाडि बढ्ने अवसर हुनेछ । पोखराले यो खेल जितेर अंक तालिकाको शीर्ष स्थान कब्जा गर्न सक्छ । पोखराको तीन खेलबाट पाँच अंक छ र यो शीर्षमा रहेको धनगढीसँग दुई अंकको दूरी हो ।

    ५. इलामको तीन खेलबाट तीन अंक छ र जितसँगै शीर्ष चारमा उक्लन सक्छ ।

    ६. अपराजित पोखराले एक जित र दुई बराबरी खेलेको छ । त्यसमा चितवनलाई १–० ले हराएयता ललितपुरसँग गोलरहित र झापासँग १–१ को बराबरी रहेको छ । समग्रमा पोखराले प्रतियोगितामा नौ खेल खेलेको छ । त्यसमा तीन जित, चार बराबरी र दुई हार रहेका छन् ।

    ७. इलामको यात्रामा एक जित र दुई हार छन् । इलाम आफ्नो पहिलो खेलमा काठमाडौंसँग १–० ले पराजित भएको थियो, त्यसपछि उसले झापालाई १–० ले हराएको थियो । बुटवल–लुम्बिनीविरुद्धको खेल भने २–१ ले गुमाएको थियो ।

     

     


    तेस्रो आँखा