• ट्रेण्डिङ्ग :
अमेरिकाको टेक्सासमा आफ्ना बाबुआमाको हत्या गरेको आरोपमा एक जना पक्राउ

अमेरिकाको टेक्सासमा आफ्ना बाबुआमाको हत्या गरेको आरोपमा एक जना पक्राउ


  • 5.5K
    SHARES
    • मंसिर २१, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 8.4K Views

    अमेरिकाको टेक्सासमा  आफ्ना बाबुआमाको हत्या गरेको आरोपमा एक जना  पक्राउ

    काठमाण्डौँ , २१ मंजिर / अमेरिकाको टेक्सास राज्यमा एकजना संदिग्ध व्यक्तिलाई आफ्ना बाबुआमा र अन्य चार व्यक्तिको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ।

    images

    चौतिस वर्षीय शेन जेम्स जुनियर नामका ती व्यक्तिले सोमबार राति १० :०० बजेतिर क्यालिबर ह्यान्डगनले आफ्ना आमाबुबालाई गोली हानेको आशंका गरिएको छ। जेम्सलाई मानसिक स्वास्थ्य समस्या रहेको र घरेलु हिंसाको घटना पछि सेनाबाट हटाइएको जनाकारीमा आएको छ।

    मङ्गलबार सान एन्टोनियोबाट करिब ८० माईल (१२९ किलोमिटर) टाढा अस्टिनका विभिन्न स्थानमा अन्य चार जना व्यक्तिको हत्यामा पनि उनको संलग्नता रहेको प्रहरीले जनाएको छ।

    अस्टिन प्रहरी प्रमुख रोबिन हेन्डरसनले बुधबार पत्रकारलाई बताए अनुसार पक्राउ गर्ने क्रममा अभियुक्तले प्रहरीमाथि पनि गोली चलाएका थिए। 

     

     


    तेस्रो आँखा