• ट्रेण्डिङ्ग :
एसीसी यू–१९ : नेपालले आज पाकिस्तानसँग खेल्दै

एसीसी यू–१९ : नेपालले आज पाकिस्तानसँग खेल्दै


  • 2.9K
    SHARES
    • मंसिर २२, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.5K Views

    एसीसी यू–१९ : नेपालले आज पाकिस्तानसँग खेल्दै

    काठमाडौं, २२ मंसिर । युएईमा आजदेखि सुरु हुने एसीसी यू–१९ एसिया कपमा नेपालल पहिलो खेलमा पाकिस्तानसँग खेल्दैछ । दुबईस्थित आइसिसी एकेडेमी ओभल–२ मा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

    images

    नेपालले आईसीसी यू–१९ विश्वकपअघि यू–१९ एसिया कपलाई तयारीको रुपमा लिएको छ । राष्ट्रिय टिमबाट खेलिसकेका देव खनालको कप्तानीमा रहेको नेपाली टोलीमा सिनियर टोलीका अलराउण्डर गुल्सन झा पनि समावेश छन् ।

    पाकिस्तानसँगै भारत र अफगानिस्तान पनि रहेको समूहमा रहेको नेपालले उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित दुबई पुगेको छ ।

    पाकिस्तानी युवा टोलीको कप्तानी साद बेगले गर्नेछन् ।

    नेपालको तर्फबाट देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, गुलशन झा, दीपेश कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम थापा मगर ९विकेटकिपर०, विपिन रावल (विकेटकिपर), तिलक राज भण्डारी, आकाश चन्द, दीपक बोहराले खेल्नेछन् ।


    तेस्रो आँखा