• ट्रेण्डिङ्ग :
बन्दिपुरकी १९ वर्षीया एक महिला छोरी सहित एक सातादेखि बेपत्ता

बन्दिपुरकी १९ वर्षीया एक महिला छोरी सहित एक सातादेखि बेपत्ता


  • 2.7K
    SHARES
    • मंसिर २२, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.2K Views

    बन्दिपुरकी १९ वर्षीया एक महिला छोरी सहित   एक सातादेखि बेपत्ता

    तनहुँ , २२ मंसिर / तनहुँको बन्दिपुर गाउँपालिका– ३ राम कोटकी १९ वर्षीया विष्णु आले दुई वर्षको छोरीसहित एक सातादेखि हराएकी छन्। मङ्सिर १५ गते देखि आले सम्पर्कमा नआएको परिवारले जनाएका छन्।  

    images

    बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारमा होटेलमा भाडा माझ्ने काममा जान्छु भनी हिँडेको र त्यसपछि सम्पर्कमा नआएको आलेको श्रीमान् इन्द्रबहादुर आलेले बताए। सोही दिन दिउँसोको १ बजे बन्दीपुर– १, नाहालाबाट बस चढेको र आफन्तजनहरूसँग सम्पर्क गर्दा पनि फेला पार्न नसिकिएको आलेले बताए। 

    डुम्रे स्थित प्रहरी चौकी र दमौली स्थित जिल्ला प्रहरी कार्यालय तनहुँमा दमौलीमा पनि निवेदन दिई सकिएको तर फेला नपरेको उनले बताए। 


    तेस्रो आँखा