• ट्रेण्डिङ्ग :
भारतले प्याज निर्यातको कसिलो व्यवस्था थप ३ महिनाको लागि लम्ब्यायो

भारतले प्याज निर्यातको कसिलो व्यवस्था थप ३ महिनाको लागि लम्ब्यायो


  • 2.8K
    SHARES
    • मंसिर २२, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.3K Views

    भारतले  प्याज निर्यातको कसिलो व्यवस्था थप ३ महिनाको लागि लम्ब्यायो

    काठमाडौं , २२ मंसिर / भारतले प्याज निर्यातमा गरेको कसिलो व्यवस्था थप तीन महिना लम्ब्याएको छ । बिहीबार भारतको वैदेशिक व्यापार महानिर्देशनालयले एक राजपत्र प्रकाशित गर्दै डिसेम्बर अन्तिमसम्मको प्याज निर्यातको कसिलो व्यवस्था तीन महिना थप गरेर मार्च ३१ सम्म पुर्‍याएको जनाएको छ ।

    images

    अक्टोबर ८ मा वैदेशिक व्यापार नीतिमा संशोधन गर्दै भारतले प्याजको निर्यातमा न्यूनतम निर्यात मूल्य प्रतिमेट्रिक टन ८०० डलर तोकेको थियो । भारतीय बजारमा प्याजको मूल्यमा उल्लेख्य बृद्धि भएको भन्दै स्थानीय बजारमा मूल्यबृद्धि रोक्न भारतले यस्तो निर्णय गरेको थियो ।

    जसअनुसार १५ पुससम्म भारतको उक्त नीतिबाट नेपाल प्रभावित हुने थियो, तर थप तीन महिना यस्तो नियम बढाउने निर्णयपछि अब २०८१ वैशाखसम्म भारतीय नीतिको असर नेपाली बजारमा पर्नेछ । प्याज निर्यातमा न्यूनतम मूल्य तोकिएलगत्तै नेपालमा प्याजको उपभोक्ता मूल्यमा बृद्धि भएको थियो ।

     


    तेस्रो आँखा