• ट्रेण्डिङ्ग :
लुम्बिनी प्रदेशको पर्यटन र सम्भावना विषयक वक्तृत्वकला प्रतियोगिता

लुम्बिनी प्रदेशको पर्यटन र सम्भावना विषयक वक्तृत्वकला प्रतियोगिता


  • 7.3K
    SHARES
    • मंसिर २२, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 11.2K Views

    लुम्बिनी प्रदेशको पर्यटन र सम्भावना विषयक वक्तृत्वकला प्रतियोगिता

    तुलसीपुर २२ मंसिर/ लुम्बिनी प्रदेशको पर्यटन र सम्भावना विषयक विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता ज्ञान ज्योति मावि तुलसीपुरमा सम्पन्न भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन हेतु, पर्यटन सचेतनाका लागि शुक्रबार आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा कक्षा ७,८,९ र १० का गरि ९ जना विद्यार्थीहरु सहभागी भएका थिए ।

    images

    प्रतियोगितामा कक्षा ७ की एन्जल गिरी प्रथम, कक्षा ७ कै श्रृष्टी महन्त, द्धितिय र कक्षा १० की छात्रा समिक्षा चन्द तृतिय स्थान हासिल गरेका हुन । उनीहरुलाई मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो ।

    प्रमोद सुवेदीको अध्यक्षता तथा मदन कुमार बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको निर्णायक मण्डलमा शिक्षक भिमलाल मरासेनी, रिता जिसी र कमला खत्री रहेका थिए । टुरिजम रिसर्च ट्रेनिङ ईन्स्टिच्युट प्रालिको आयोजनामा वक्तृत्वकला प्रतियोगिता भएको थियो । 


    तेस्रो आँखा