• ट्रेण्डिङ्ग :
गैरकानुनी ढंगबाट आर्जित गरेको सम्पत्ति विदेशबाट पुनः प्राप्ति गर्ने तयारी भईरहेको छ : प्रचण्ड

गैरकानुनी ढंगबाट आर्जित गरेको सम्पत्ति विदेशबाट पुनः प्राप्ति गर्ने तयारी भईरहेको छ : प्रचण्ड


  • 2.7K
    SHARES
    • मंसिर २३, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.1K Views

    गैरकानुनी ढंगबाट आर्जित गरेको सम्पत्ति विदेशबाट पुनः प्राप्ति गर्ने तयारी भईरहेको छ : प्रचण्ड

    काठमाडौँ , २३ मंसिर / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरकानुनी ढंगबाट आर्जित गरेको सम्पत्ति विदेशबाट पुनः प्राप्ति गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८० को उपलक्ष्यमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भ्रष्टाचार लगायत अन्य गैरकानुनी ढंगबाट आर्जित सम्पत्ति विदेशबाट पुनः प्राप्तिका लागि कानुनी र संरचनागत प्रबन्ध तयार गरी कार्यान्वयन गर्ने तयारी भइरहेको बताएका हुन् ।

    images

    कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले निजी क्षेत्रमा हुने भ्रष्टाचारलाई कसुरको रूपमा परिभाषित गरी दण्डनीय बनाउन कानुनी व्यवस्था गर्न लागिएको पनि बताए । बहुआयामिक विषयको रूपमा रहेको भ्रष्टाचारलाई सरकारी, सार्वजनिक, निजी क्षेत्र र नागरिक समाजसँगको सहकार्य र सहयोगमा निवारण गर्ने कार्यमा नेपाल सरकार प्रयत्नशील रहेको उनको भनाई छ ।

    ‘मेरो नेतृत्वको वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढिरहेको तथ्य यहाँहरूमा जगजाहेर नै छ । भ्रष्टाचारका कारणहरूको पहिचान गरी त्यसको निवारणका निम्ति सरकारले राज्यका सबै संयन्त्रहरूलाई प्रचलित कानुनबमोजिम परिचालन गरिरहेको छ । त्यसको सकारात्मक परिणामसमेत हासिल भएका कारण आम नागरिकमा क्रमशः आशाको सञ्चार हुँदै गएको छ,’ प्रधानमन्त्रीले भने, ‘यद्यपि, यो प्रयत्न र परिणाम पूर्ण छैन । आगामी दिनमा भ्रष्टाचार नियन्त्रणका लागि थप प्रभावकारी कदम चाल्नुपर्ने जिम्मेवारी सरकारसामु छ । यसका निम्ति सरकार दृढतापूर्वक अगाडि बढिरहेको तथ्यसमेत म स्पष्ट गर्दछु ।’

     


    तेस्रो आँखा