तेस्रो आँखा डेस्क
काठमाडौं,पुस १७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडे सहित १० नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।
पौडेल सहित कृष्णप्रसाद सिटौला, बिमलेन्द्र निधि, प्रकाशमान सिंह, प्रकाशशरण महत, सुजाता कोइराला,विजयकुमार गच्छदार, डा. नारायण खड्का, उमा रेग्मी र मीनबहादुर बिश्वकर्मालाई मनोनयन गरिएको हो ।
उनीहरुलाई कांग्रेसको बिधान २०१७ को (शंधोधित सहित) धारा २१ को उपधारा १० बमोजिम केन्द्रीय सदस्यमा मनोनित गरिएको हो ।
