• ट्रेण्डिङ्ग :
नेपाल सुपर लिगमा आज चितवन र ललितपुर भिड्दै

नेपाल सुपर लिगमा आज चितवन र ललितपुर भिड्दै


  • 3.7K
    SHARES
    • मंसिर २४, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.7K Views

    नेपाल सुपर लिगमा आज चितवन र ललितपुर भिड्दै

    काठमाडौं, २४ मंसिर । नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत २०औं खेलमा आज एफसी चितवन र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।

    images

    ललितपुर र चितवन दुवैको यो पाँचौ खेल हुनेछ । दुवैलाई आजको खेल जित्दै अगाडि बढ्ने मौका छ । चार मध्ये एक जित र ३ बराबरीबाट ६ अंक जोडेको ललितपुर चौथो स्थानमा छ । आजको खेलमा विजयी भए ललितपुर शीर्ष स्थानमा पुग्नेछन् ।

    यस्तै चार मध्ये एक जित र २ बराबरी बाट ५ अंक जोडेको चितवन पाँचौ स्थानमा छ । चितवनले एक खेल भने हारेको थियो । आज ललितपुरलाई हराएमा चितवनले शीर्ष दुईमा रहेका धनगढी एफसी र पोखरा थण्डर्ससँग समान अंक जोड्नेछ । धनगढी र पोखराको समान ८ अंक छ ।

    चितवन गोलकिपर विशाल श्रेष्ठको कप्तानीमा खेल्दैछ भने ललितपुरको कप्तानी अनन्त तामाङले गर्नेछन् । दुवै जना मार्की खेलाडी समेत हुन् ।


    तेस्रो आँखा