• ट्रेण्डिङ्ग :
दंगीशरणमा लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया

दंगीशरणमा लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया


  • 3.3K
    SHARES
    • मंसिर २४, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.1K Views

    दंगीशरणमा लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया

    दंगीशरण, २४ मङ्सिर । ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र वालवालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने मुल नाराका साथ ३२ औं लैङ्गिक हिंसा विरुद्ध १६ दिवसीय अभियान अन्तर्गत अन्तरक्रिया तथा छलफल कार्यक्रम दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । दंगीशरण गाउँपालिकाको आयोजनामा महिला हिंसा विरुद्धको १६ दिवसीय अभियान अन्तर्गत ७ वटै वडाका महिलाहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

    images

    कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले महिला हिंसा न्यूनीकरण गर्न परीवार तथा घरबाटै सवैजना सचेत तथा जानकार रहन आवश्यक रहेको बताए । कुनै पनि किसिमले समाजमा हुने गरेका महिला हिंसामा कमि ल्याउन सचेतना तथा पुरातनवादी सोच तथा चिन्तनमा परिवर्तन ल्याउन आवश्यक रहेको बताए । महिला हिंसा न्यूनीकरणको सवालमा स्थानीयतहको तर्फबाट हरेक कार्यक्रमहरु अगाडी बढाइने र आफु सदैव सकारात्मक रहेको अध्यक्ष गिरीले बताए ।

    यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले महिला हिंसा सहेर र महिला हिंसाबाट पीडित भएर नबस्न आग्रह गरिन् । आफुले पनि हिंसा नगर्न र हिंसा कसैले गरे सहेर नबस्न पनि आग्रह गरिन् । पछिल्लो समय पहिलेको तुलनामा महिला हिंसामा केहि कमि आएता पनि यसको अन्त्यका लागि सरोकारवाला निकाय तथा हरेक नागरिक सचेत रहन आवश्यक रहेको बताइन् ।

    ३२ औं महिला हिंसाको १६ दिवसीय अभियानकै अवसर पारी ३ जना महिलाहरुलाई नगद, प्रमाणपत्र तथा दोसल्ला ओढाइ सम्मान समेत गरिएको थियो । कार्यक्रममा वडा न २ का वडा अध्यक्ष डम्बर खत्री ३ का वडा अध्यक्ष शुकलाल चौधरी, ४ का वडा अध्यक्ष कमल थारु, ५ का वडा अध्यक्ष निरज बस्नेत लगायतले आआफ्नो भनाइ राखेका थिए ।

    दंगीशरण गाउँपालिका महिला बालबालिका साखाप्रमुख सुनकुमारी घर्तीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण शिक्षाशाखा प्रास उमा केसीले गरेकी थिइन् ।


    तेस्रो आँखा