• ट्रेण्डिङ्ग :
अब बैंकले विदेशी विनिमयको कारोबार गर्न एकपटक इजाजत दिएपछि नवीकरण गर्नु नपर्ने

अब बैंकले विदेशी विनिमयको कारोबार गर्न एकपटक इजाजत दिएपछि नवीकरण गर्नु नपर्ने


  • 3.0K
    SHARES
    • मंसिर २५, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.7K Views

    अब बैंकले विदेशी विनिमयको कारोबार गर्न एकपटक इजाजत दिएपछि नवीकरण गर्नु नपर्ने

    काठमाडौं , २५ मंसिर / बैंकहरुले विदेशी विनिमयको कारोबार गर्न एकपटक इजाजत दिएपछि नवीकरण गर्नु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को दोस्रो संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

    images

    यो व्यवस्था अनुसार अब बैंकले एकपटक विदेशी विनिमयको कारोबार गर्न इजाजत लिएपछि हरेक पाँच वर्षमा नवीकरण गरिरहनुपर्दैन ।

    यस्तै बैंक तथा वित्तीय संस्थाहरुको एक्सटेन्सन काउण्टरबाट पनि विदेशी विनिमयको कारोबार गर्न सकिने भएको छ । यसअघि एकमुष्ट रुपमा प्राप्त गरेको इजाजतपत्रको आधारमा आफ्ना शाखाहरुबाट मात्रै विदेशी विनियमयको कारोबार गर्न पाउने व्यवस्था थियो ।

    होटल, रिसोर्ट, ट्राभल एजेन्सी, एयरलाइन्स, कार्गो कम्पनी, ट्रेकिङ एजेन्सी लगायत कम्पनीहरुले पनि विदेशी विनिमय कारोबारको लागि पाउने इजाजतपत्रको अवधि बढाइएको छ । विदेशी पर्यटक तथा ऐन बमोजिम विदेशी विनिमयमा भुक्तानी गर्न सक्ने व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई वस्तु तथा सेवा बिक्री गरेबापत विदेशी विनिमयमा हुने भुक्तानी स्वीकार गर्न यस्ता कम्पनीलाई विदेशी विनिमय कारोबारको लागि बढीमा पाँच वर्षको इजाजत पाउने भएका छन् । यसअघि तीन वर्षको लागि मात्रै इजाजत दिने व्यवस्था थियो ।

    यस्तै क्षेत्रीय स्तरका वित्तीय संस्थाले आफ्नो केन्द्रीय कार्यालय रहेको स्थानको नजिकको राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा विभागमा लाइसेन्सका लागि आवेदन दिन सक्ने भएको छ । राष्ट्र बैंकले विनियमावली संशोधन गरी प्रादेशिक कार्यालयलाई अधिकार प्रत्यायोजन गरेको हो ।

    क्यासिनोले विदेशी विनिमयको कारोबार गर्न नेपाल सरकारको इजाजत पाएको वा नवीकरण भएको हुनुपर्ने भएको छ । क्यासिनोले विदेशी विनिमय कारोबार अनुमति पाउन नेपाल सरकारको सम्बन्धित निकायबाट नियमानुसार अनुमति-इजाजतप्राप्त गरेका (नवीकरण समेत) हुनुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको हो ।


    तेस्रो आँखा