• ट्रेण्डिङ्ग :
बाँकेमा ४० जना पुरुष घरेलु हिंसामा परेको प्रहरीमा उजुरी 

बाँकेमा ४० जना पुरुष घरेलु हिंसामा परेको प्रहरीमा उजुरी 


  • 3.2K
    SHARES
    • मंसिर २६, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.9K Views

    बाँकेमा ४० जना पुरुष घरेलु हिंसामा परेको प्रहरीमा उजुरी 

    बाँके २६ मंसिर/ बाँकेमा ४० जना पुरुषले घरेलु हिंसामा परेको भन्दै न्यायका लागि प्रहरी कार्यालयमा उजुरी दिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ४० जना पुरुषले न्यायका लागि उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुख प्रहरी निरीक्षक महेश्वरी विष्टले जानकारी दिइन् ।

    images

    उनका अनुसार पुरुषको तर्फबाट पनि हिंसामा परेको उजुरी आइरहेका छन् । तर पुरुषले दिने उजुरीको तुलनामा महिलाको सङ्ख्या अत्यधिक छ । ुअधिकांश हिंसामा परेको उजुरी महिलाको तर्फबाट आउने गरेका छन्,ु प्रहरी निरीक्षक विष्टले भनिन्, ुकतिपय अवस्थामा पुरुषको तर्फबाट पनि उजुरी आइरहेका छन्, हामीले आवश्यक कारबाही गरिरहेका छौं ।ु

    जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्कअनुसार बाँकेमा पछिल्लो तीन वर्षमा घरेलु हिंसाका दुई हजार सात सय ५० वटा उजुरी दर्ता भएका छन् । अधिकांश घटनामा महिला पीडित छन् । अहिले पुरुषले समेत आफूमाथि हिंसा भएको भन्दै उजुरी दिन थालेका छन् ।


    जिल्ला प्रहरी कार्यालय बाँकेमा आव २०७७/७८ मा सात सय ३८, २०७८/७९ मा आठ सय ८९, २०७९/८० मा आठ सय ८५ र चालु आवको साउनदेखि हालसम्म घरेलु हिंसामा परेको जनाउँदै तीन सय ३२ वटा उजुरी परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले हिंसामा परेको भन्दै उजुरी दिने महिलामा बयान फिर्ता गरी उजुरी फिर्ता हुने प्रवृत्ति पनि देखिएको बताए ।


    तेस्रो आँखा