• ट्रेण्डिङ्ग :
गोली प्रहार गरी एक लागूऔषध कारोबारीलाई पक्राउ

गोली प्रहार गरी एक लागूऔषध कारोबारीलाई पक्राउ


  • 6.9K
    SHARES
    • मंसिर २६, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 10.6K Views

    गोली प्रहार गरी एक लागूऔषध कारोबारीलाई पक्राउ

     काठमाडौं , २६ मंसिर / प्रहरीले लागूऔषध कारोबारीलाई गोली चलाएर पक्राउ गरेको छ ।

    images

    उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले गोली प्रहार गरेर ललितपुरको झम्सिखेलबाट एक जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको हो ।

    कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार, प्रहरीमाथि आक्रमण गरेपछि गोली चलाउनु परेको थियो । त्यसक्रममा अविनाश राई पक्राउ परेको उनले बताए ।

    उनको साथबाट आइस ड्रग बरामद भएको प्रहरीले जनाएको छ । राईलाई उपचारका लागि अस्पताल लगिएको छ ।

    उनको दाहिने खुट्टामा गोली लागेको छ भने राईको साथबाट एउटा पेस्तोल पनि बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले यसअघि १५ कात्तिकमा पनि गोठाटारमा लागूऔषध कारोबारीलाई समात्न गोली चलाएको थियो ।

     

     


    तेस्रो आँखा