• ट्रेण्डिङ्ग :
नक्कली कागजात बनाउने कार्यमा सहयोग गरेको आरोपमा वायु सेवा निगमका एक अधिकृत पक्राउ

नक्कली कागजात बनाउने कार्यमा सहयोग गरेको आरोपमा वायु सेवा निगमका एक अधिकृत पक्राउ


  • 3.2K
    SHARES
    • मंसिर २६, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.9K Views

    नक्कली कागजात बनाउने कार्यमा सहयोग गरेको आरोपमा  वायु सेवा निगमका एक  अधिकृत पक्राउ

    काठमाडौं , २६ मंसिर /  नक्कली कागजात बनाउने कार्यमा सहयोग गरेको आरोपमा नेपाल वायु सेवा निगमका एक जना अधिकृत पक्राउ परेका छन् ।

    images

    उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले अधिकृत होमनाथ पोखरेललाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले बताए । उनले भने, ‘आज थप अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप गरेर ल्याएका छौं ।’

    भिजिट भिसामा कामदार पठाउने गिरोहबारे अनुसन्धान गर्दै जाँदा वायु सेवा नियमका अधिकृत पोखरेलको पनि संलग्नता खुलेको एसपी रेग्मीले बताए ।

    यो प्रकरणमा प्रहरीले यसअघि कन्सल्टेन्सीका सञ्चालकसहित १३ जनालाई पक्राउ गरिसकेको छ ।


    तेस्रो आँखा