• ट्रेण्डिङ्ग :
बैतडीमा ६१ वर्षीया महिलाको बीभत्स हत्या

बैतडीमा ६१ वर्षीया महिलाको बीभत्स हत्या


  • 3.1K
    SHARES
    • मंसिर २७, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.8K Views

    बैतडीमा ६१ वर्षीया महिलाको बीभत्स हत्या

    बैतडी २७ मंसिर/ बैतडीको सुर्नया गाउँपालिका–३ मा एक महिलाको बीभत्स हत्या गरिएको छ । सुर्नया गाउँपालिका वडा नं ३ को बिजुलका ३२ बर्षीय तेज बहादुर चन्दले सोही ठाउँकी ६१ वर्षीया हरिना विष्टलाई धारिलो हतियार प्रयोग गरी बीभत्स हत्या गरेका हुन् । 

    images

    बिष्टको शव क्षतविक्षत अवस्थामा घरको ढोकामा रहेको छ । शव देखेका स्थानीयबासीहरु त्रसित बनेका छन् । घटनास्थलमा प्रहरी टोली पुगेको छ । हत्या गर्ने चन्द भने फरार छन् । मानसिक सन्तुलन ठिक नभएका चन्दले बिष्टको घरमै गएर सब्बल, हसिया लगायतका धारिलो हतियार प्रयोग गरेर महिलाको बीभत्स तवरले हत्या गरेका हुन् । 

    घरमा कोही नभएको मौका छोपेर गएका चन्दले बिष्टको हत्या गरेपछि गोठका २ वटा बाख्रा पनि मारेको स्थानीय भुवन भट्टले जानकारी दिनुभयो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


    तेस्रो आँखा