• ट्रेण्डिङ्ग :
लोकसेवाले खुलायो अधिकृत पदका लागि ठुलो सङ्ख्यामा विज्ञापन

लोकसेवाले खुलायो अधिकृत पदका लागि ठुलो सङ्ख्यामा विज्ञापन


  • 3.4K
    SHARES
    • मंसिर २७, २०८० बुधबार
    • २ बर्षs अघि
    • 5.3K Views

    लोकसेवाले खुलायो अधिकृत पदका लागि ठुलो सङ्ख्यामा विज्ञापन

    काठमाडौं , २७ मंसिर / लोकसेवा आयोगले एकैपटक ३८१ अधिकृत (अप्राविधिक) पदका को लागि विज्ञापन प्रकाशित गरेको छ । आयोगले बुधबार जेष्ठता र कार्यसम्पादन मूल्यांकनबाट हुने फाइल बढुवा र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाका लागि विज्ञापन गरेको हो ।

    images

    आयोगले जेष्ठता र कार्यसम्पादन मूल्यांकनमार्फत हुने बढुवाका लागि निजामती सेवातर्फ १०६ जनाको लागि विज्ञापन प्रकाशन गरेको छ भने मानवअधिकार सेवाका लागि २ जनाको यस्तो बढुवा हुनेछ ।

    आयोगले २७३ जना अधिकृत नियुक्त गर्न खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन मागेको छ । निजामतीतर्फका सामान्य प्रशासन, राजस्व, लेखा, लेखापरीक्षण, परराष्ट्र समूहमा २०३ जना, न्याय सेवा (न्याय, कानून र सरकारी वकिल समूह) तर्फ ६८ जना र मावअधिकार सेवातर्फ २ जना अधिकृत माग गरेको हो ।

    १७ पुससम्म अनलाइनमार्फत दरखास्त दिने अन्तिम मिति तोकिएको छ । २४ पुससम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने छ ।


    तेस्रो आँखा