• ट्रेण्डिङ्ग :
एनएसएल २०२३ अन्तर्गत आज चितवन र धनगढी भिड्दै

एनएसएल २०२३ अन्तर्गत आज चितवन र धनगढी भिड्दै


  • 3.7K
    SHARES
    • मंसिर २८, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 5.7K Views

    एनएसएल २०२३ अन्तर्गत आज चितवन र धनगढी भिड्दै

    काठमाडौं २८ मंसिर/ नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत आज एफसी चितवन र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुनेछ ।

    images

    यस ससिजन अपराजित दुई मध्ये एक धनगढीलाई आजको खेल जित्दै शीर्ष स्थानमा उक्लने अवसर छ । चार खेलमा २ जित र २ बराबरीबाट ८ अंकसहित धनगढी दोस्रो स्थानमा छ । एक खेल बढी खेलेको ललितपुर ५ खेलबाट ९ अंकसहित शीर्ष स्थानमा छ । आज जित हात पारे धनगढीले शीर्ष चारमा रहेर प्लेअफ पुग्ने सम्भावना बलियो बनाउनेछ ।

    अर्कोतर्फ चितवन भने पाँच खेलबाट पाँच अंकसहित बटम हाफमा छ । चितवनले एक खेल मात्र जित्दा २ खेल बराबरी गरेको थियो भने दुई खेलमा पराजित भएको थियो । त्यसैले चितवनका लागि भने आजको खेल जित्नैपर्ने दबाब छ । चितवनले धनगढीलाई हराएमा धनगढी समान नै अंक बनाउनेछ ।


    तेस्रो आँखा