• ट्रेण्डिङ्ग :
अस्पताल बाट बेपत्ता भएको युवकलाई खोज्न सेती नदीको बाँध खोलियो

अस्पताल बाट बेपत्ता भएको युवकलाई खोज्न सेती नदीको बाँध खोलियो


  • 3.6K
    SHARES
    • मंसिर २८, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 5.6K Views

    अस्पताल बाट बेपत्ता भएको युवकलाई  खोज्न सेती नदीको बाँध खोलियो

    पोखरा २८ मंसिर / बेपत्ता युवकको खोजीका लागि पोखरा महानगरपालिका-१६ मा सेती नदीको बाँध खोलिएको छ ।

    images

    पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका तनहुँका १९ वर्षीय संगम मिश्र २५ मंसिर गतेदेखि सम्पर्कविहीन भएका थिए ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले युवकको खोजी गर्न सिँचाइ आयोजनाका लागि थुनिएको सेती नदीको बाँध खोलिएको बताए । बाँध साँझ ४ बजेसम्म खुला रहने जानकारी दिए । ‘अहिले उहाँको खोजी कार्य प्रहरीले गरिरहेको छ । साँझ ४ बजेसम्म बाँध खोल्ने भनेका छौं’, उनले भने ।

    तनहुँका मिश्र बिरामी भएपछि उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको र त्यहींबाट सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ । मिश्रसँगै आएका उनका बुवा औषधि लिन गएका बेला इमर्जेन्सी वार्डबाटै उनी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

    खोजतलास गर्दा मणिपाल नजिकैको सेती नदीमाथि रहेको झोलुंगे पुल परिसरमा उनले लगाएको कपडा र परिचय पत्र भेटिएकाले नदीमा हाम फालेको आशंकामा बाँध खोलिएको प्रहरीले जनाएको छ ।

    बाँध खोल्दा नदीमा पानीको बहाव बढेकाले उक्त समयमा नदी वरिपरि काम गर्न र आवतजावतमा चनाखो हुन प्रहरीले सूचना जारी गरेको छ ।


    तेस्रो आँखा