• ट्रेण्डिङ्ग :
गुरुकुल एकेडेमीद्वारा ५ करोड बराबरको शेयर आह्वान

गुरुकुल एकेडेमीद्वारा ५ करोड बराबरको शेयर आह्वान


  • 5.5K
    SHARES
    • मंसिर २८, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 8.4K Views

    गुरुकुल एकेडेमीद्वारा ५ करोड बराबरको शेयर आह्वान

    घोराही २८ मंसिर/ गुरुकुल एकेडेमीले रु ५ करोड बराबरको शेयर आह्वान गरेको छ । गुरुकुल एकेडेमीले आफ्नो लक्ष्य प्राप्त गर्ने उद्देश्यका साथ आगामी शैक्षिक सत्र २०८१ बैशाखबाट कक्षा प्लेगु्रपदेखि कक्षा ९ सम्मको पठन पाठन गर्ने गरी सञ्चालनमा आउन लागेका आफ्ना शाखाहरू तुलसीपुर र लमहीका लागि रु ५ करोड बराबरको शेयर आह्वान गरेको गुरुकुल एकेडेमीका अध्यक्ष अनन्त राज घिमिरेले जानकारी दिए ।

    images

    गुरुकुल एकेडेमी तुलसीपुर र गुरुकुल एकेडेमी लमहीको अनुमानित लागत करीव रु २५ करोड रहेको सञ्चालक समितिले जानकारी दिएको छ । जसमध्ये ५१ प्रतिशत शेयर गुरुकुल एकेडेमीको रहने र ४९ प्रतिशत शेयर स्थानीय व्यक्ति ,बुद्धिजीवी, शिक्षाप्रेमी लगायतको रहने पनि सञ्चालक समितिले जनाएको छ । गुरुकुल एकेडमीको ५१ प्रतिशत शेयरमध्ये ५ करोड बराबरको शेयर आह्वान गरिएको हो । शेयर लगानीको लागि पहिलो प्राथमिकता आफ्ना अभिभावक , कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई दिइने पनि संचालक समितिका अध्यक्ष घिमिरेले जानकारी दिए । गुरुकुल एकेडेमीको शेयर लिन इच्छुक व्यक्तिहरूले न्युनतम रु १० लाख देखि अधिकतम रु ५० लाखसम्म लिन पाउने छन् ।

    सोही अनुसार कबोल रकममध्ये ५० प्रतिशत रकम यही पुस १५ गतेभित्र विद्यालयको खातामा जम्मा गर्नुपर्ने र बाँकी ५० प्रतिशत रकम फाल्गुण २५ गतेभित्र जम्मा गर्नुपर्ने छ । प्रति कित्ता १०० रुपै याको दरले शेयर आह्वान गरेको विद्यालयले जनाएको छ । यस सम्बन्धी जानकारी लिनको लागि विद्यालयले ३ जना व्यक्तिहरूको नाम समेत सार्वजनिक गरेको छ । गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक डा. कृष्णराज डीसी, विद्यालयकी लेखापाल गोमा गौतम र सोधपुछ अधिकृत अस्मिता सुनारलाई सम्पर्क गर्नुपर्ने विद्यालयले जनाएको छ । तोकिएका व्यक्तिहरुसंग मात्र जानकारी लिन र रकम विद्यालयको खातामा मात्र भुक्तानि दिन समेत विद्यालयले अनुरोध गरेको छ ।


    तेस्रो आँखा