• ट्रेण्डिङ्ग :
काँग्रेस केन्द्रीय समिति बैठक पुस १२ गते

काँग्रेस केन्द्रीय समिति बैठक पुस १२ गते


  • 3.4K
    SHARES
    • मंसिर २९, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.2K Views

    काँग्रेस केन्द्रीय समिति बैठक पुस १२ गते

    काठमाडौँ, २९ मंसिर । सत्तारुढ दल नेपाली काँग्रेसले पुस १२ गतेदेखि केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पुस १२ गतेदेखि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए ।

    images

    केन्द्रीय समिति बैठकमा आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार चयन तथा महासमिति बैठकका एजेन्डाबारे छलफल हुनेछ । यस्तै काँग्रेसले यसअघि पुस १६ गतेदेखि १९ गतेसम्म गर्ने भनिएको महासमिति बैठक फागुन ७ गतेदेखि १० गतेसम्म गर्ने भएको छ ।

    भूकम्प, राष्ट्रिय सभाको निर्वाचन लगायतका कारणले महासमिति बैठक सार्नु परेको प्रचार विभाग प्रमुख विश्वकर्माले बताए ।

    बैठकले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितहरूको अस्थायी आवास निर्माणका लागि दिने भनिएको ५० हजार रुपैयाँ कतिपय प्रभावितले नपाएको भन्दै रकम उपलब्ध गराउन र अस्थायी आवासको निमार्ण चाँडो भन्दा चाँडो गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको पनि प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिए ।


    तेस्रो आँखा