• ट्रेण्डिङ्ग :
माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज दलहरुलाई चुनाव चिह्न प्रदान गरिदै

माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज दलहरुलाई चुनाव चिह्न प्रदान गरिदै


  • 2.7K
    SHARES
    • पौष १, २०८० आइतबार
    • २ बर्षs अघि
    • 4.1K Views

    माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज दलहरुलाई चुनाव चिह्न प्रदान गरिदै

    काठमाडौँ १ पुस/ निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्नेछ । दर्ता भएका १२ दललाई चुनाव चिह्न प्रदान गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

    images

    दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिकामा उल्लेख छ । त्यसैगरी पुस १६ गते चुनावका लागि सात वटा प्रदेशको राजधानीमा निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना हुनेछ ।  आगामी फागुन २० गते एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ ।

    २०७२ मा संविधान जारी भएपछि निर्वाचित भएका राष्ट्रिय सभा सांसदहरूको पदावधि गोला प्रथाबाट तय गरिएको थियो । गोला प्रथामा ६ वर्ष अवधि पाएका सदस्यहरूको समय आगामी फागुन २० मा सकिन लागेको हो ।राष्ट्रिय सभा सदस्यहरूको पद रिक्त हुने एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।


    तेस्रो आँखा