• ट्रेण्डिङ्ग :
उत्तरी चीनमा भूकम्प जाँदा एक सयभन्दा बढीको मृत्यु

उत्तरी चीनमा भूकम्प जाँदा एक सयभन्दा बढीको मृत्यु


  • 3.7K
    SHARES
    • पौष ३, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 5.6K Views

    उत्तरी चीनमा भूकम्प जाँदा एक सयभन्दा बढीको मृत्यु

    काठमाडौं ३ पुस / उत्तरी चीनमा भूकम्प जाँदा एक सयभन्दा बढीको मृत्यु भएको छ । दुई सय भन्दा बढी घाइते छन् ।

    images

    स्थानीय समय अनुसार आज बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ ।

    चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार कान्सुमा १०० जनाको मृत्यु र ९६ जना घाइते भएका छन् । यसैगरी छिङ्हाइमा ११ जनाको मृत्यु र १२४ जना घाइते भएका छन् ।

    बिहानैदेखि खोज तथा उद्धारलाई तीव्रता दिइएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले एक वक्तव्य जारी गर्दै भूकम्प प्रभावितहरुको उद्धार, राहत र घाइतेहरुको उपचारमा पूरै शक्ति परिचालन गरिएको जानकारी दिएका छन् ।

    गत सेप्टेम्बरमा सिचुवान प्रान्तमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६० जनाको मृत्यु भएको थियो ।

     


    तेस्रो आँखा