• ट्रेण्डिङ्ग :
चितवनको आँपटारीबाट मंगलबार बिहान गाँजासहित दुई जना पक्राउ

चितवनको आँपटारीबाट मंगलबार बिहान गाँजासहित दुई जना पक्राउ


  • 4.4K
    SHARES
    • पौष ३, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 6.7K Views

    चितवनको आँपटारीबाट मंगलबार बिहान गाँजासहित दुई जना  पक्राउ

    काठमाडौं ३ पुस / चितवनमा ३८० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।

    images

    भरतपुर महानगरपालिका-१ आँपटारीबाट मंगलबार बिहान दुई जनालाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेहरूमा भारत सम्बल बस्ने ४५ वर्षीय अनिल गिरी र सोही ठाउँ बस्ने ३० वर्षीय राजपाल रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले जेएच-०२ डब्लु ९६३१ नम्बरको भारतीय ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको अगाडि क्याबिनमा फल्स बटम बनाई लुकाएको २८ पोका बरामद गरेको हो ।

    पक्राउ पर्ने दुई जना चालक र सहचालक हुन् । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा