• ट्रेण्डिङ्ग :
पुरन्धारा झरना हुँदै मलै जाने सडक बीचमा पुल बनाउन डीपीआर

पुरन्धारा झरना हुँदै मलै जाने सडक बीचमा पुल बनाउन डीपीआर


  • 6.4K
    SHARES
    • पौष ५, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 9.9K Views

    पुरन्धारा झरना हुँदै मलै जाने सडक बीचमा पुल बनाउन डीपीआर

    तुलसीपुर,५ पुस/ दाङको बबई गाउँपालिका स्थित पुरन्धारा झरना हुँदै मलै जाने सडकबीचमा पर्ने बबई नदीमा पक्की पुल निर्माण हुने भएको छ । त्यसकालागि अहिले डीपीआर निर्माणको काम भइरहेको छ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले सोही सडकको डीपीआरकालागि १५ लाख बजेट बिनियोजन गरेका थिए ।

    images

    सोही बजेटबाट अहिले डीपीआरको काम भइरहेको छ । बबईका स्थानीय अगुवा यज्ञ बहादुर वलीका अनुसार सोही पुल निर्माणकालागि स्वाइल टेष्टको काम भएको छ । सोही स्थानमा पुल निर्माण नहुँदा मलै तथा आसपासका बासिन्दालाई निकै समस्या हुने गरेको थियो । त्यसलाई मध्येनजर गरि सोही स्थानमा पुल निर्माण थालिएको अर्थमन्त्री मास्कीले बताए ।

    सोही सडकमा पुल निर्माण भएपछि मलैसंगै सिमलकुना,जिलालगायतका बस्तिलाई आवतजावतमा निकै सहज हुने छ ।  साथै पुरन्धारा झरना हुँदै, मलै,सिमलकुना, जिला जोड्ने सडक स्तरोन्नतीकालागि मन्त्री मास्कीले एक करोड बजेट बिनियोजन गरेका छन् । सोही स्थान निकै विकट भएकाले त्यहाँको विकासकालागि आफूले निर्वाचनको बाचा अनुसार बजेट बिनियोजन गरको उनले बताए । 

     


    तेस्रो आँखा