नयादिल्ली । झारखण्डमा प्रतिबन्धित नक्सलवादी संगठन सीपीआई माओवादीले २२ डिसेम्बरमा भारत बन्दको आह्वान गरेको छ। बन्द सुरु हुनेबित्तिकै चक्रधरपुर रेलवे डिभिजनको गोइल्केरा र पोसैता रेलवे स्टेशनहरू बीचको पोल नम्बर ३५६/२९ए र ३१ए बीचको तेस्रो लाइनमा नक्सलवादीहरूले रेलमार्गलाई बम विस्फोट गराएका थिए । साथै उनिहरुले घटनास्थललाई आफ्ना ब्यानर र पोस्टरहरुले ढाकेका थिए ।
नक्सलवादीहरूले झारखण्डको चाइबासामा रेलवे ट्र्याकहरू विस्फोट गराएका हुन । जसका कारण हावडा-मुम्बई रेलवे लाइनमा रेल सञ्चालन ठप्प भएको छ । उनिहरुले बिहीबार राति करिब १० बजे गोइलकेरा र पोसैता स्टेशनहरू बीच बम विष्फोट गरेर रेलवे ट्र्याक उडाएका थिए। घटनापछि हावडा-मुम्बई मुख्य रेलवे लाइनमा रेल सञ्चालन ठप्प भएको छ। सावधानीको रूपमा, ट्रेन नम्बर १८०३० शालिमार-कुर्ला अप एक्सप्रेस ट्रेन गोइलकेरा स्टेशनमा रोकिएको थियो।
जानकारी अनुसार प्रतिबन्धित नक्सलवादी संगठन सीपीआई माओवादीले २२ डिसेम्बरका दिन भारत बन्दको आह्वान गरेको छ । बन्द सुरु हुनेबित्तिकै चक्रधरपुर रेलवे डिभिजनको गोइल्केरा र पोसैता रेलवे स्टेशनहरू बीचको पोल नम्बर ३५६/२९ए र ३१ए बीचको तेस्रो लाइनमा नक्सलवादीहरूले रेलमार्गलाई बम विस्फोट गराएका हुन् । उक्त रुटमा अर्को लाइनमा गुज्रिरहेको मालगाडीका चालक दल र गार्डले घटनाको जानकारी नजिकैको स्टेशनलाई दिएका थिए। यसपछि चक्रधरपुर रेलवे डिभिजनमा हलचल मच्चियो ।
सावधानीको रूपमा, रुटमा रेलहरूको सञ्चालन तुरुन्तै रोकिएको थियो। त्यहाँ रेलमार्गको निरीक्षण भइरहेको छ। स्थानीय रेलवे कर्मचारी र अधिकारी घटनास्थल तर्फ प्रस्थान गरेका छन्। वरिष्ठ डीसीएम गजराज सिंहले घटनाको पुष्टि गरेका छन् र स्टेशनहरूमा रोकिएका ट्रेनहरूको सूची साझा गरेका छन्।
