- तेस्रो आँखा डेस्क
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक भोलि बस्ने भएको छ । सोमवार दिउँसो २ः ०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बैठक बोलाइएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

