• ट्रेण्डिङ्ग :
महिला शाखा अधिकृतलाई झापड हान्ने उपसचिवलाई कारबाहीकी तयारी हुँदै

महिला शाखा अधिकृतलाई झापड हान्ने उपसचिवलाई कारबाहीकी तयारी हुँदै


  • 3.2K
    SHARES
    • पौष ६, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.9K Views

    महिला शाखा अधिकृतलाई झापड हान्ने उपसचिवलाई कारबाहीकी तयारी हुँदै

    काठमाडौं ६ पुस / संघीय संसद सचिवालयका महिला शाखा अधिकृतलाई झापड हान्ने उपसचिवलाई कारबाहीकी तयारी भएको छ ।

    images

    गत महिना संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले एउटा प्रतिवेदनमा आफ्नो नाम छुटेको विषयमा असन्तुष्टि जनाउँदै एक महिला शाखा अधिकृतलाई झापड हानेका प्रत्यक्षदर्शीले बताएका थिए ।

    त्यसबारेमा उजुरी परेपछि संसद सचिवालयको प्रशासनले गैरेसँग स्पष्टीकरण सोधेको थियो । त्यसकै आधारमा उनीमाथि कारबाहीको तयारी भएको सचिवालय श्रोतले जनाएको छ ।

    उनीमाथि संघीय संसद सचिवालय ऐन २०६४ को दफा ८३ अनुसार कारबाही गर्ने तयारी छ । यो दफा अनुसार कारबाही भएमा उनको २ वर्षदेखि ५ वर्षसम्म बढुवा वा तलबवृद्धि रोक्का हुने छ ।


    तेस्रो आँखा