• ट्रेण्डिङ्ग :
गाजामा इजरायलको आक्रमण, ४८ घण्टामा ३९० प्यालेस्टिनीको मृत्यु

गाजामा इजरायलको आक्रमण, ४८ घण्टामा ३९० प्यालेस्टिनीको मृत्यु


  • 3.1K
    SHARES
    • पौष ७, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.8K Views

    गाजामा इजरायलको आक्रमण, ४८ घण्टामा ३९० प्यालेस्टिनीको मृत्यु

    काठमाडौं। इजरायलको आक्रमणमा परी गाजापट्टीमा ३९० प्यालेस्टिइनीको मृत्यु भएको छ। ७३४ जना घाइते भएका छन्। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार यो ४८ घण्टाको तथ्यांक हो। इजरायलले विगत दुई दिनदेखि गाजापट्टीको अधिकांश क्षेत्रमा हवाइ, स्थल र समुद्रबाट आक्रमण गरिरहेको छ। त्यस्तै रफाह बाहेक गाजाका अधिकांश क्षेत्रमा इजरायली सेना र सशस्त्र प्यालेस्टिनी गुटबीच लडाइँ जारी रहेको स्रोतले जनाएको छ।

    images

    गत अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व शुरु भएदेखि गाजापट्टीमा कम्तीमा २० हजार ५७ जना प्यालेस्टिनी मारिएको मन्त्रालयले जनाएको छ। ५३ हजार ३२० जना घाइते भएका छन् ।

     


    तेस्रो आँखा