• ट्रेण्डिङ्ग :
कांग्रेस नेतृ आरजु राणा नयाँ दिल्लीमा, बिजेपी महासचिव चौथाइवालेसँग भेट

कांग्रेस नेतृ आरजु राणा नयाँ दिल्लीमा, बिजेपी महासचिव चौथाइवालेसँग भेट


  • 7.5K
    SHARES
    • पौष १८, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 11.5K Views

    कांग्रेस नेतृ आरजु राणा नयाँ दिल्लीमा, बिजेपी महासचिव चौथाइवालेसँग भेट
    • तेस्रो आँखा डेस्क 

    काठमाडौं, १८ पुस । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा र भारतीय जनता पार्टी (बीजेपी) का महासचिव विजय चौथाइबालेबीच भेटवार्ता भएको छ । 

    images

    प्रधानमन्त्री तथा पार्टी सभापति शेर बहादुर देउवाकी पत्नी राणा र चौथाइबालेबीच आइतबार नयाँ दिल्लीमा भेटवार्ता भएको हो । 

    व्यक्तिगत कामका लागि नयाँ दिल्ली आएका बेला भेट गरेको बताइएको छ । अकस्मात दिल्ली पुगेकी राणाको दिल्ली जानुको प्रयोजनबारे केही खुलाइएको छैन ।

    त्यस्तै, प्रधानमन्त्री देउवा पुसको अन्तिम साता भारत भ्रमणमा जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रान्त गुजरातमा हुन लागेको कार्यक्रममा सहभागी हुन देउवा भारत भ्रमणमा जाँदैछन् ।

    गुजरातबाटै देउवा नयाँ दिल्ली जाने भएका छन् । प्रधानमन्त्री देउवाको भारत भ्रमण हुनुअघि आरजु राणाको नयाँ दिल्ली भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
     

     


    तेस्रो आँखा