• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री दाहाल, देउवा र ओलीबीच छलफल

प्रधानमन्त्री दाहाल, देउवा र ओलीबीच छलफल


  • 3.4K
    SHARES
    • पौष ८, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.3K Views

    प्रधानमन्त्री दाहाल, देउवा र ओलीबीच छलफल

    काठमाण्डौँ ८ पुस/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच संक्रमणकालिन न्याय सम्बन्धी विधेयक चाडै टुंगोमा पुर्याउने सम्बन्धमा छलफल भएको छ ।

    images


    प्रधानमन्त्री निवास बालुवाटारमा तीन शीर्ष नेताहरुबीच भएको छलफलमा राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसदको अधिवेशन बोलाउने, संसदमा विचाराधिन विधेयकहरु, खासगरी संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकको सहमतिमै टुंगो लगाउने र समसामयिक विषयमा छलफल केन्द्रित रहेको जानकारी प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोबिन्द आचार्यले दिनुभयो । तीन नेताहरुबीच भोलि फेरि छलफल हुनेछ ।


    तेस्रो आँखा