• ट्रेण्डिङ्ग :
बेँसीसहरमा चरी बाघ फेला

बेँसीसहरमा चरी बाघ फेला


  • 2.7K
    SHARES
    • पौष ९, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.2K Views

    बेँसीसहरमा चरी बाघ फेला

    लमजुङ । लमजुङ बेँसीसहर नगरपालिका–८ मा चरी बाघ भेटिएको छ । बेँसीसहर –८ का दलबहादुर पौडेलको केराकाे गाजमा लुकेर बसेकाे अवस्थामा आइतबार बाघ फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिए । 

    images

    उनले उक्त स्थानमा चरी बाघ पसेको खबर आएपछि प्रहरी पुगेको र डिभिजन वन कार्यालय लमजुङका कर्मचारीद्वारा बाघ नियन्त्रणमा लिने प्रयास गरे पनि पहिलो पटकमा असफल भएको बताए । पुनः डिभिजन कार्यालका फरेष्टर गुणाबहादुर ग्लानले बोराको सहायताले बाघलाई नियन्त्रणमा लिएका थिए ।  

    डिभिजन वन कार्यालका प्रमुख सन्तोष खनालले बाघलाई नियन्त्रणमा लिएर पुनः जंगलमा लगेर छोडिएको बताए । उनले भने, “आहारा खोज्दै आउने क्रममा यहाँसम्म आइपुगेको हुनसक्छ । मान्छेलाई भने यस बाघले आक्रमण नगर्ने उनको भनाइ छ । जीवितै उद्धार गरेकाले जंगलमा छाडिएको उनले बताए । रासस


    तेस्रो आँखा