• ट्रेण्डिङ्ग :
एनएसएलको पहिलो क्वालिफायरमा आज पोखरा र धनगढी खेल्दै

एनएसएलको पहिलो क्वालिफायरमा आज पोखरा र धनगढी खेल्दै


  • 3.1K
    SHARES
    • पौष ९, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.7K Views

    एनएसएलको पहिलो क्वालिफायरमा आज पोखरा र धनगढी खेल्दै

    काठमाडौं । नेपाल सुपर लिगको पहिलो क्वालिफायरमा आज पोखरा थन्डर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टिमले लिग चरणमा एक-एक हार बेहोरेका थिए ।

    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ । पोखरा तालिकाको शीर्ष स्थानमा र धनगढी दोस्रो हुँदै क्वालिफायर प्रवेश गरेका हुन् । प्रतियोगिता सुरु हुनु पूर्व औसत टिमका रुपमा हेरिएको पोखराले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । उसले लिगका आठ खेलमा चारमा जित, तीनमा बराबरी र एकमा हारका साथ कुल १५ अंक जोडेको थियो ।

    पोखराको अपराजित यात्रामा साविक विजेता काठमाडौं रेजर्सले दुई-एक गोलको जितका साथ ब्रेक लगाइदिएको थियो । नवीन न्यौपानेको प्रशिक्षणमा रहेको पोखराले आठ खेलमा आठ गोल गर्दा पाँच गोल खाएको छ । प्रशिक्षक न्यौपानेले यही खेलमा जित हात पार्दै फाइनल पुग्ने लक्ष्य रहेको बताए ।

    पोखराले लिगको आफ्नो अन्तिम खेलपनि धनगढीसँगनै खेलेको थियो । यी दुईले एक-एक गोलको बराबरी खेल्दै अंक बाँडेका थिए । धनगढीले ४२ औं मिनेटमा मिलन राईको गोलमार्फत अग्रता लिएको थियो । तर ९० औं मिनेटमा पोखराका मोसेसले बराबरी गोल फर्काएका थिए ।

    तालिकाको दोस्रो स्थानमा लिग सकेको धनगढीले तीनमा जित, चारमा बराबरी र एकमा हार बेहोर्दै १३ अंक जोडेको थियो । धनगढीले पनि आठ गोलनै गर्दा खाएको गोल भने सात हो । प्रशिक्षक युगल किशोर राईले विपक्षीलाई बलियो टिमका रुपमा ब्याख्या गरेका छन् । यो खेलको विजेताले फाइनलमा स्थान बनाउने हुँदा दुवै जितका लागि मैदान उत्रनेछन् । हार्ने टिमले पनि फाइनल पुग्ने एक अवसर अझै पाउनेछ । 


    तेस्रो आँखा