• ट्रेण्डिङ्ग :
बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु 

बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु 


  • 6.4K
    SHARES
    • पौष ९, २०८० सोमबार
    • २ बर्षs अघि
    • 9.8K Views

    बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु 

    काठमाडौँ ९ पुस/ वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहोरेटारमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । सोमबार बिहान करिब सवा ८ बजेतिर बा. प्र. ०१-००६ ख ४५९३ नम्बरको बस र विपरीत दिशामा रहेको बा. ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

    images

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरञ्जीवी दाहालकाअनुसार दुर्घटनामा परी मोटरसाइकल चालक रामेछापको मन्थली नगरपालिका-१३ बस्ने २४ वर्षीय रुपेश अधिकारी र खोटाङको दिक्तेल नगरपालिका-१० बस्ने १८ वर्षीया मुनाकला राईको मृत्यु भएको छ । बस र चालकलाई इलाका प्रहरी कार्यालय खुर्कोटले नियन्त्रणमा लिएको छ ।

    दुर्घटनापछि स्थानीयले मोटरसाइकललाई ठक्कर दिने बसमा आगजनी गरेका छन् भने सडकखण्डमा अवरोध गरिएको छ । घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रवक्ताको कमाण्डमा प्रहरी टोली खटिएको छ ।

     


    तेस्रो आँखा