• ट्रेण्डिङ्ग :
जसपाले खस संघ केन्द्रीय समिति गठन गर्ने

जसपाले खस संघ केन्द्रीय समिति गठन गर्ने


  • 2.5K
    SHARES
    • पौष ९, २०८० सोमबार
    • २ बर्षs अघि
    • 3.9K Views

    जसपाले खस संघ केन्द्रीय समिति गठन गर्ने

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले खसहरूको संगठन गठन गर्ने भएको छ । काठमाडौंमा पार्टीसम्बद्ध केन्द्रीय नेताहरूको भेलाबाट सातै प्रदेशबाट प्रतिनिधि समेटेर समाजवादी खस संघ, नेपाल केन्द्रीय समिति गठन गर्ने निर्णय भएको हो ।

    images

    भेलाबाट प्रेमनारायण थापा, दुर्गा सुवेदी र रामबहादुर जाग्री रहेको तयारी समिति गठन भएको छ । भेलामा पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेत, महिला विभाग प्रमुख लिला सिटौला, केन्द्रीय सदस्यहरू प्रचण्ड पौडेल, अर्जुन लम्साललगायत उपस्थित थिए ।

    समिति गठनका लागि पुस २१ गते ललितपुरमा भेला बोलाइएको छ ।


    तेस्रो आँखा