• ट्रेण्डिङ्ग :
सेनाले जग्गा हडपेको भन्दै पाकिस्तानमा प्रदर्शन

सेनाले जग्गा हडपेको भन्दै पाकिस्तानमा प्रदर्शन


  • 2.8K
    SHARES
    • पौष ९, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.3K Views

    सेनाले जग्गा हडपेको भन्दै पाकिस्तानमा प्रदर्शन

    इस्लामावाद । सेनाले जग्गा हडपेको भन्दै पाकिस्तानको सिन्धमा प्रदर्शन भएको छ । सरकारले आफूहरुको उर्वर जग्गा सेनालाई दिन लागेको भन्दै स्थानीयहरुले प्रदर्शन गरेका हुन् ।

    images

    सिन्धको प्रान्तीय सरकारले हालै ५२ हजार एकड उर्वर भूमि एमएस ग्रीन कर्पोरेट नामक कम्पनीलाई दिने सूचना जारी गरेको थियो । यस कम्पनीमा पाकिस्तानी सेनाको स्वामित्व रहेको बताइएको छ ।

    पाकिस्तानी सेनाले विदेशी लगानी भित्र्याउन गत जुनमा स्थापना गरेको विशेष लगानी सुविधा परिषदको नाममा सरकारले ५२ हजार एकड जमिन उक्त कम्पनीलाई प्रदान गर्न लागेको एसियन लाइटले जनाएको छ ।

    सेनाले जग्गा हडप्न लागेपछि सिन्धका बुद्धिजीवि, लेखक, राजनीतिक एवम् सामाजिक नेताहरु, कानुन व्यवसायीहरु प्रदर्शनमा उत्रेका हुन् ।


    तेस्रो आँखा