• ट्रेण्डिङ्ग :
जंगली जनावरले खाएको अवस्थामा महिलाको शव फेला

जंगली जनावरले खाएको अवस्थामा महिलाको शव फेला


  • 2.6K
    SHARES
    • पौष १०, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 3.9K Views

    जंगली जनावरले खाएको अवस्थामा महिलाको शव फेला

    काठमाडौं १० पुस/ सिन्धुलीको सुनकोशी गाउँपालिका ५ स्थित एकजना महिलाको शव जंगली जनावरले खाएको अवस्थामा भेटिएको छ। गत पुस ५ गते घरबाट निस्किएकी स्थानीय सोमबहादुर लामाकी श्रीमती यमुना भन्ने डोल्मा लामाको शव बारीमा भेटिएको हो।

    images

    बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुरा ५० वर्षीया डोल्माको शव घरभन्दा तलतिर बारीमा जंगली जनावरले खाएको अवस्थामा मंगलबार भेटिएको हो। तर उनको मृत्युको कारण भने खुलेको छैन। शवलाई प्रहरीले मुचुल्का उठाएर पोस्टमार्टमका लागि जिल्ला अस्पताल सिन्धुलीमा पठाइसकेको छ। 

     


    तेस्रो आँखा