• ट्रेण्डिङ्ग :
भोलिदेखि  १६ औं राष्ट्रपति रनिङ सिल्ड हुँदै, स्वास्थ्य मन्त्री खनालले उद्घाटन गर्ने 

भोलिदेखि  १६ औं राष्ट्रपति रनिङ सिल्ड हुँदै, स्वास्थ्य मन्त्री खनालले उद्घाटन गर्ने 


  • 3.6K
    SHARES
    • पौष १०, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 5.6K Views

    भोलिदेखि  १६ औं राष्ट्रपति रनिङ सिल्ड हुँदै, स्वास्थ्य मन्त्री खनालले उद्घाटन गर्ने 

    दाङ, १० पुस/ भोलि  ११ गतेदेखि घोराही उपमहानगरपालिका स्तरीय १६ओैँ  राष्ट्रपति रनिङ सिल्ड हुने भएको छ । आगामी पुस ११ गतेदेखि दाङको घोराहीस्थित गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोराहीमा घोराही उपमहानगरपालिका स्तरीय १६ओैँ  राष्ट्रपति रनिङ सिल्ड हुने भएको हो । 

    images

    साथै १६ओैँ  राष्ट्रपति रनिङ सिल्डको समुद्घाटन लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले गर्ने आयोजकले जनाएको छ । राष्ट्रपतिको रनिङ सिल्डको तयारी पूरा भएको गोरखा स्कुलका प्रिन्सिपल मानसिं घर्तीले जानकारी दिएका छन् ।

    घोराही उपमहानगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयको कक्षा १२ सम्मका विद्यार्थीहरू सहभागी रहने छन् । घोराही उपमहानगरपालिकाले हरेक वर्ष राष्ट्रपति रनिङ सिल्ड सञ्चालन गर्दै आएको छ ।


    तेस्रो आँखा