• ट्रेण्डिङ्ग :
जनशक्ति नहुँदा सञ्चालनमा आएन आईसीयू

जनशक्ति नहुँदा सञ्चालनमा आएन आईसीयू


  • 2.3K
    SHARES
    • पौष १०, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 3.5K Views

    जनशक्ति नहुँदा सञ्चालनमा आएन आईसीयू

    तम्घास । गुल्मी अस्पतालमा दुई वटा भेन्टिलेटर सहितको पाँच शैय्याको सघन उपचार कक्ष (आईसीयू) भवन निर्माण हुँदा पनि सञ्चालन हुन सकेको छैन । आइसीयु सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा विगत दुई वर्षदेखि भवनसमेत प्रयोगविहीन भएको छ । 

    images

    जिल्लाका नागरिकलाई तम्घासमै सर्वसुलभ स्वास्थ्य उपचार दिने उद्देश्यले आर्थिक वर्ष २०७७-७८ मा सघन उपचार कक्ष ( आईसीयू) भवनको निर्माण गरिएको थियो । भवन सञ्चालनमा नआउँदा एकातर्फ बिरामी आइसीयुको सेवा लिन पाल्पा जान बाध्य छन् भने अर्कोतर्फ निर्माण गरिएका संरचना प्रयोग नभएर धुलाम्य बनेका छन् । 

    ‘भवनको बजेट परेका बेला दलका नेतालाई जस लिनको भ्याइनभ्याइ भयो, तर अहिले सञ्चालनमा कसैले चासो दिएनन्’, अस्पतालमा सेवा लिन आएका धुर्कोट गाउँपालिका–५ वस्तुका महेन्द्र भण्डारीले भने, ‘छिटोभन्दा छिटो सञ्चालन गरेमा आइसीयुको सेवा लिन पाल्पा वा बुटबल जानुपर्ने बाध्यता हट्ने थियो ।’

     आईसीयूको संरचना निर्माणमा हालसम्म रु ३५ लाख ५२ हजार तीन सय ६२ र उपकरण खरिदमा रु ६६ लाख २६ हजार नौ सय २५ गरी कूल रु एक करोड एक लाख ७९ हजार दुई सय ८७ खर्च भएको छ । प्रदेश सरकारअनुसार अस्पताल विकास समिति परिवर्तन हुने हुँदा त्यसको असर अस्पतालमा परेको छ ।


    तेस्रो आँखा