• ट्रेण्डिङ्ग :
रुपन्देहीमा प्रथम राष्ट्रिय एमजी कप ब्याडमिन्टन

रुपन्देहीमा प्रथम राष्ट्रिय एमजी कप ब्याडमिन्टन


  • 3.1K
    SHARES
    • पौष १०, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.8K Views

    रुपन्देहीमा प्रथम राष्ट्रिय एमजी कप ब्याडमिन्टन

    बुटवल । प्रथम एमजी कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता मंगलबार रुपन्देहीमा सम्पन्न भएको छ । प्रतियोगितामा मेन्स डबल खुल्लातर्फ बुटवल ब्याडमिन्टन क्लबका विश्वास नेपाल र गणेश रायमाझीको जोडीले उपाधिमा कब्जा जमाउन सफल भयो । द्वितीय स्थानमा लाफा ब्याडमिन्टनका तर्फबाट विवेक न्यौपाने र मनोज फौजदार भएका छन् । 

    images

    विजेता टिमले प्रथम पुरस्कार नगद ४० हजार तथा कप मेडल र द्वितीयले २५ हजार तथा कप मेडल प्राप्त गरे । भेट्रानतर्फ काठमाडौँ कालीका क्लबका राम केसी र इन्द्र महताले उपाधि चुम्न सफल भए ।  

    सो अवसरमा बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेले विजेता खेलाडीलाई पुरस्कार प्रदान गर्दे बुटवल भौतिक विकास मात्र नभई खेलकुद रूपमा पनि चिनाउनुपर्ने बताए । 


    तेस्रो आँखा