• ट्रेण्डिङ्ग :
नेकपा एकिकृत समाजवादीपार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि, यी हुन् एजेन्डा

नेकपा एकिकृत समाजवादीपार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि, यी हुन् एजेन्डा


  • 2.7K
    SHARES
    • पौष ११, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.1K Views

    नेकपा एकिकृत समाजवादीपार्टीको  केन्द्रीय कमिटी बैठक आजदेखि, यी हुन् एजेन्डा

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै छ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । 

    images

    तीन दिनसम्म चल्ने बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण सम्बन्धी छलफल हुने बताइएको छ । 

    महासचिव घनश्याम भुसालका अनुसार बैठकमा देशभर पार्टी संगठनको अवस्था, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे छलफल हुनेछ । बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरुको जिम्मेवारी तोकिनेछ । 

    माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीकातर्फबाट उमेदवारको छनोटका लागि मापदण्ड तय गर्ने, संगठन विस्तार तथा पार्टीको आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गरिने उनले बताएका छन् ।  

    पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले सांठनिक प्रतिवेदन पेस गर्नेछन् । विधान संशोधन गर्न आगामी माघ १४ र १५ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्न लागिएको पार्टी कार्यालयले जनाएको छ । 


    तेस्रो आँखा