• ट्रेण्डिङ्ग :
आफूखुशी गैरहाजिर रहेका २१ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

आफूखुशी गैरहाजिर रहेका २१ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन


  • 2.6K
    SHARES
    • पौष ११, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.0K Views

    आफूखुशी गैरहाजिर रहेका २१ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

    काठमाडौं ११ पुस/ प्रहरी प्रधान कार्यालयले एक महिना भन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेका २१ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। प्रहरी महानिरीक्षकको कार्यालयले सूचना जारी गर्दै एकजना प्रहरी वरिष्ठ हवलदार, पाँच जना प्रहरी सहायक हवलदार, १३ जना प्रहरी जवान र २ जना प्रहरी कार्यालय सहयोगी एक महिना भन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेको जानकारी दिएको छ।

    images

    उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले सात दिन भित्र स्पष्टिकरणसहित सम्पर्कमा आउन निर्देशन दिँदै सूचना जारी गरेको हो। प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार  सेवाबाट हटाइने चेतावनी दिएको छ।


    तेस्रो आँखा