• ट्रेण्डिङ्ग :
बाघको आक्रमणबाट चार वर्षमा १८ जनाको मृत्यु 

बाघको आक्रमणबाट चार वर्षमा १८ जनाको मृत्यु 


  • 2.7K
    SHARES
    • पौष ११, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.2K Views

    बाघको आक्रमणबाट चार वर्षमा १८ जनाको मृत्यु 

    नेपालगञ्ज -११ पुस/ बर्दियामा बाघको आक्रमण बढ्दै गएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्यामा वृद्धि हुँदै जाँदा बाघको आक्रमण पनि बढ्दै गएको हो । पछिल्लो ४ वर्षमा बाघको आक्रमणबाट बर्दियामा १८ जनाको मृत्यु भइसकेको छ ।

    images

    सामुदायिक वन र खाता जैविक मार्गमा बाघको उपस्थिति बढेसँगै बाघको जोखिम समेत बढेको छ । आफ्नो मुख्य बासस्थान छाडेर बाघ सामुदायिक वन र खाता जैविक मार्गमा बढी ओहोरदोहोर गर्न थालेपछि जोखिम बढेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

    निकुञ्जका अनुसार अघिल्लो २० वर्षमा बाघले १८ जनाको ज्यान लिएकोमा पछिल्लो ४ वर्षमा मात्रै १८ जनाले ज्यान गुमाइसकेका छन् । डिभिजन वन कार्यालयका अनुसार पछिल्लो ४ वर्षमा हात्तीले पनि एक जनाको ज्यान लिइसकेको छ । पछिल्लो गणना अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा बाघ छन् ।  


    तेस्रो आँखा