• ट्रेण्डिङ्ग :
सरकारको दोहोरो चरित्र सह्य हुँदैनः विप्लव

सरकारको दोहोरो चरित्र सह्य हुँदैनः विप्लव


  • 3.8K
    SHARES
    • पौष ११, २०८० बुधबार
    • २ बर्षs अघि
    • 5.8K Views

    सरकारको दोहोरो चरित्र सह्य हुँदैनः विप्लव

    काठमाडौं ११ पुस/ नेकपाका महासचिव नेत्रविक्रम चन्दले सरकारको दोहोरो चरित्र सह्य नहुने चेतावनी दिनुभएको छ । उहाँले आफूहरुसँग सहमति पनि गर्ने र घेराबन्दी पनि गर्ने कुरा सह्य नहुने बताउनुभएको हो ।

    images

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार बिहान बसेको समाजवादी मोर्चाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महासचिव चन्दले बैठकमा देशको परिस्थिति, समाजवादी मोर्चा, आगामी कामहरुको बारेमा छलफल शुरु भएको बताउनु भयो ।

    चन्दलाई अदालतबाट पक्राउ पूर्जि जारी गरिएकाले उहाँले सरकारसँगको सहमति र अदालतको पक्राउ पूर्जिबारे समाजवादी मोर्चामा ध्यानाकर्षण गराइएको बताउनु भयो । नेता चन्दले समाजवादी मोर्चाको बैठक आज साँझ ६ बजे बालुवाटारमा नै बस्ने बताउनु भयो ।


    तेस्रो आँखा