• ट्रेण्डिङ्ग :
क्रिकेटर लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

क्रिकेटर लामिछानेको मुद्दा हेर्दाहेर्दैमा


  • 3.1K
    SHARES
    • पौष ११, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.7K Views

    क्रिकेटर लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

    काठमाडौं ११ पुस/ क्रिकेटर सन्दीप लामिछानेविरूद्धको नाबालिग बलात्कारसम्बन्धी मुद्दा न्यायाधीश शिशिरराज ढकालले हेर्दाहेर्दैमा राखेका छन् ।काठमाडौं जिल्ला अदालतमा अन्तिम बहसका लागि पेशी चढेको मुद्दामा बिहीबार लागि पेशी तोकिएको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।

    images

    जाहेरवाला पक्षको बहस नसकिएपछि न्यायाधीश ढकालले सन्दीप विरूद्धको मुद्दा हेर्दाहेर्दैमा राखेका हुन् । नाबालिग बलात्कार अभियोग लागेका लामिछानेविरूद्धको मुद्दामा पटकपटक पेशी सर्दै आएको छ । अहिले भने अन्तिम सुनुवाइ भइरहेको हो । बहस सकिएपछि यस मुद्दाको फैसला आउनेछ ।

    राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका सन्दीपविरूद्ध गत भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् ।


    तेस्रो आँखा