• ट्रेण्डिङ्ग :
चिसोका कारण २४ दिने सुत्केरी महिलाको मृत्यु 

चिसोका कारण २४ दिने सुत्केरी महिलाको मृत्यु 


  • 5.0K
    SHARES
    • पौष ११, २०८० बुधबार
    • २ बर्षs अघि
    • 7.7K Views

    चिसोका कारण २४ दिने सुत्केरी महिलाको मृत्यु 

    जाजरकोट ११ पुस/ जाजरकोटमा चिसोका कारण २४ दिनकी सुत्केरीको मृत्यु भएको छ । कुशे गाउँपालिका–९ घर्तीगाउँकी २४ वर्षीया कल्पना नेपालीको बुधबार चिसोका कारण मृत्यु भएको हो । उनले २४ दिनअघि छोरालाई जन्म दिएकी थिइन् ।

    images

    कुशे गाउँपालिकाका उपाध्यक्ष देविकाकुमारी सिंहका अनुसार कल्पनाका दुई वर्षीय एक छोरा पनि छन्। अहिले उनले दोस्रो बच्चालाई जन्म दिएकी थिइन्। तीन दिनअघिदेखि कल्पनाको शरीर सुन्निएको उपाध्यक्ष सिंहले बताइन्। कल्पनाको परिवार कात्तिक १७ गतेको भूकम्पपछि पालमुनि बस्दै आएका थिए । भर्खरै उनीहरूले अस्थायी आवास बनाउन सुरू गरेको उपाध्यक्ष सिंहले बताइन्।


    तेस्रो आँखा