• ट्रेण्डिङ्ग :
मकवानपुरको मानव सेवा आश्रममा बस्दै आएका दुई जनाको मृत्यु

मकवानपुरको मानव सेवा आश्रममा बस्दै आएका दुई जनाको मृत्यु


  • 3.1K
    SHARES
    • पौष १२, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.8K Views

    मकवानपुरको मानव सेवा आश्रममा बस्दै आएका दुई जनाको मृत्यु

    काठमाडौं । मकवानपुरको मानव सेवा आश्रममा बस्दै आएका दुई जनाको मृत्यु भएको छ। 

    images

    बागलुङको सडक पेटीमा भेटिएकी युवतीलाई उद्धार गरी ल्याएर २०७६ सालदेखि आश्रममा बस्दै आएकी अन्दाजी १९ वर्षकी पूजा मानवको गत मंगलबार मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। यस्तै आज बिहान गत असारबाट सोही आश्रममा बस्दै आएका २५ वर्षीय अमित बिकको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरुको मृत्यु कालगतिले भएको प्रहरीले जनाएको छ। 


    तेस्रो आँखा