• ट्रेण्डिङ्ग :
तुलसीपुरमा किशोरी मृत फेला 

तुलसीपुरमा किशोरी मृत फेला 


  • 5.1K
    SHARES
    • पौष १२, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 7.9K Views

    तुलसीपुरमा किशोरी मृत फेला 

    तुलसीपुर १२ पुस/ तुलसीपुरमा एक किशोरी मृत अवस्थामा फेला परेकी छिन् । मृत फेला पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ पहरुवा निवासी नरबहादुर रैदासकी १८ वर्षीया छोरी राधा रैदास रहेको प्रहरीले बताएको छ ।

    images

    बिहीबार दिउँसो सवा २ बजेको समयमा घरदेखि करिब ६० मिटर उत्तर तर्फ तुलसीपुर १६ का मदन केसीले संचालन गरेको र हाल संचालनमा नरहेको एमटी ईट्टा भट्टाले बनाएको खाली टहरा भित्र भुईमा किशोरी मृत फेला परेकी हुन् । किशोरी हिजो बेलुका घरबाट निस्किएको र आज दिउँसो बाख्रा चराउन गएका गोठालाले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

    ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक नवचन्द्र मल्लका अनुसार घटनास्थलबाट मुचुल्का गरि पोष्टमार्टमको लागि शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याईएको छ । किशोरीको शरिरमा कुनै घाउ चोट पटक नदेखिएको र सुसाइडनोट पनि भेटिएको छ । सुसाइड नोटमा आफुले केही गल्ती नगरेको र परिक्षामा विषय लागेकाले आत्महत्या गरेको भनि लेखिएको प्रहरी निरिक्षक मल्लले जानकारी दिए ।


    तेस्रो आँखा